Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

दाङमा पाँच हजार बढी नयाँ मतदाता दर्ता

दाङमा पाँच हजार बढी नयाँ मतदाता दर्ता

घोराही  : दाङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच हजार २८२ नयाँ मतदाताले नाम दर्ता गराएका छन्।

जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य गत असोज १० देखि मंसिर ५ गतेसम्म सञ्चालन भएको थियो। लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरका अनुसार, नयाँ दर्ता भएका मतदातामध्ये २ हजार ९१७ पुरुष र २ हजार ३६५ महिला छन्। अधिकांश नयाँपुस्ता रहेका छन्।

कवँरका अनुसार बाह्य जिल्लाका ४२२ पुरुष र २०१ महिलाले पनि दाङमा आफ्नो मतदाता नाम दर्ता गराएका छन्। त्यस्तै, जिल्लाका १ हजार बढी मतदाताले आफ्नो नामावलीमा भएका त्रुटि सच्याउन निवेदन दिएका छन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार यसअघि दाङमा ४ लाख १६ हजार ७३५ मतदाता दर्ता थिए, जसमा २ लाख ११ हजार ७१६ महिला, २ लाख ५ हजार १७ पुरुष र २ जना अन्य मतदाता थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट