काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले ठेक्का अनुसार काम नगर्दा र कर्मचारीले जिम्मेवारी समयमै पूरा नगर्दा राज्यलाई ठूलो नोक्सानी भैरहेको बताउनुभएको छ।
नेपाल इन्जिनियरिङ परिषद्ले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले प्राविधिक दक्षता र समयमै निर्णय नहुँदा पूर्वाधार आयोजनामा जटिलता उत्पन्न भइरहेको स्पष्ट गर्नुभयो। उहाँका अनुसार, आयोजना समयमा सम्पन्न नभएर रोजगारी सिर्जना, उत्पादकत्व र आर्थिक लाभ प्राप्त गर्न नसकिएको छ।
मन्त्री घिसिङले भन्नुभयो, “धेरै आयोजना कार्य नहुने कारण निर्माण व्यवसायी मात्र होइन, निर्णय लिन ढिला गर्ने वा डराउने प्रवृत्तिका कारण पनि समस्या उत्पन्न हुन्छ। ठेक्का व्यवस्थापन र नेतृत्वले शीघ्र निर्णय गर्नुपर्छ।”
उहाँले इन्जिनियरहरूले प्राविधिक काम भन्दा बढी सामाजिक र वातावरणीय विषयमा समय खर्च गर्नु परेको अवस्था रहेको पनि औँल्याउनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij