घोडाघोडी (कैलाली) : कैलालीको घोडाघोडीमा आइतबार लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु भएको छ। नगरप्रमुख खडकबहादुर रावतले उद्घाटन गर्नु भएको कार्यक्रममा छिमेकी पालिका प्रमुख, जनप्रतिनिधि, ७६ गाउँका प्रतिनिधि र थारु कल्याणकारिणी सभाका सदस्यहरू सहभागी थिए।
कार्यक्रममा थारु संस्कृति झल्काउने झाँकी, मौलिक खाना, ढिक्री, माछाको चटनी र गगँटा जस्ता परिकार प्रस्तुत गरियो। नगरप्रमुखले थारु परम्परा, संस्कृति र कला संरक्षणमा यस्ता कार्यक्रम सहयोगी हुने बताए। लवाङ्गी पूजा यस वर्ष मङ्सीर ९ गते धुमधामका साथ सम्पन्न हुने बताइएको छ।

घोडाघोडी नगर भल्मन्सा समिति, सन्त समागम समाज र संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो। पूजा परम्परागत रुपमा नयाँ बालीलाई देउतालाई चढाएर गर्ने चलन रहेको र थारु समुदायको मौलिक संस्कृतिसँग जोडिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij