Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

"जनार्दन शर्माः कांग्रेस, एमाले र माओवादी केन्द्रको असफलताले मुलुक भ्रष्टाचार र परिणामविहीन अवस्थातर्फ धकेलियो"

"जनार्दन शर्माः कांग्रेस, एमाले र माओवादी केन्द्रको असफलताले मुलुक भ्रष्टाचार र परिणामविहीन अवस्थातर्फ धकेलियो"

काठमाडौं  :  नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्नो क्रान्तिकारी छवि जोगाउन नसक्दा मुलुक चरम भ्रष्टाचार, प्रशासनिक कमजोरी र परिणामविहीन अवस्थातर्फ धकेलिएको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय एकता घोषणा सभामा शर्माले तीन प्रमुख दलले लामो समय सत्ता सम्हाले पनि सामाजिक विभेद, प्रशासनिक सुधार र विकासका आधारभूत मुद्दामा पर्याप्त ध्यान नदिँदा मुलुक असफल भएको बताए। उनले भने, “मुख्य राजनीतिक दलहरूले सुशासन र संरचनागत सुधारमा अपेक्षित परिणाम दिन नसके। मुलुकको दीर्घकालीन विकासका लागि नीतिगत र प्रणालीगत पुनर्संरचना गर्नुको सट्टा मौजुदा संरचनाको दुरुपयोग गर्दै देशलाई थप बर्बादीतर्फ धकेले।”

शर्माले राजनीतिक दलहरूले आफ्नो पार्टीगत हितभन्दा दीर्घकालीन संस्थागत सुधार, पारदर्शिता र उत्तरदायित्वमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिए। उनका अनुसार, “कांग्रेस, एमाले र माओवादी केन्द्र आफ्नो समयका परिवर्तनकारी दल हुन्। तर राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि जोगाउन नसक्दा असफल बने। फलतः देश चरम भ्रष्टाचार, विकृति र यथास्थितिका कारण परिणामविहीन भएको छ।”

उनले थपे, “नेपाली कांग्रेस ४५ वर्ष, नेकपा एमाले ३६ वर्ष र माओवादी केन्द्र करिब १७ वर्ष सत्तासँग आबद्ध भए। तर सामाजिक उत्पीडन, जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय विभेदको सम्बोधनमा असफल भए। भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र राजनीतिकरणले राज्यका संस्थालाई कमजोर बनायो। संविधान लेखन र जनादेशको कार्यान्वयन दलीय स्वार्थमा सीमित रहँदा मुलुकले अपेक्षित विकास र सुशासन प्राप्त गर्न सकेन।”

शर्माको भनाइअनुसार सांस्कृतिक भ्रष्टीकरण, कर्मचारीमाथि हस्तक्षेप र दलीय स्वार्थले दलहरूलाई दीर्घकालीन भिजनका साथ अगाडि बढ्न असफल बनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट