काठमाडौँ : जेनजी आन्दोलनका क्रममा प्रहरीले गैर-हिंसक प्रदर्शनकारीमाथि अनावश्यक गोली प्रहार गरेको ह्यूमन राइट्स वाचले निष्कर्ष निकालेको छ। प्रत्यक्षदर्शी, घाइते र भिडियो प्रमाणको आधारमा तयार रिपोर्टमा भनिएको छ कि भागिरहेका, पछाडिबाट आएका र झडपमा संलग्न नभएका व्यक्तिहरूमा समेत गोली लागेको थियो।
रिपोर्ट अनुसार सेप्टेम्बर ८ मा काठमाडौँमा १७ र उपत्यकाबाहिर २ जनाको मृत्यु भएको थियो भने भोलिपल्ट हिंसा र आगजनीका कारण दर्जनौँ घाइते भएका थिए। ह्यूमन राइट्स वाचले सरकारको अत्यधिक बल प्रयोग, चेतावनीबिना गोली चलाउनु, घाइतेको उपचारमा बाधा पुर्याउनु र अस्पताल परिसरभित्र लाठीचार्ज जस्ता घटनामा ध्यानाकर्षण गरेको छ।
प्रतिवेदनले राजनीतिक नेतृत्वप्रति युवाको असन्तोष, भ्रष्टाचार, असमानता र विगतका मानवअधिकार उल्लङ्घनका कारण आन्दोलन बढेको उल्लेख गर्दै केही हिंसक गतिविधि राजनीतिक समूहद्वारा योजनाबद्ध भएको आशंका पनि व्यक्त गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij