Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

दोलखामा गोरखापत्र संस्थानद्वारा दुर्गा माध्यमिकलाई पुस्तक हस्तान्तरण

दोलखामा गोरखापत्र संस्थानद्वारा दुर्गा माध्यमिकलाई पुस्तक हस्तान्तरण

शैलुङ (दोलखा)  :  गोरखापत्र संस्थानले दोलखाको दुर्गा माध्यमिक विद्यालयलाई विभिन्न पुस्तक, पत्रपत्रिका र शैक्षिक सामग्री उपलब्ध गराएको छ। शैलुङ–४, मागादेउरालीस्थित विद्यालयमा आयोजित कार्यक्रममा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले प्रधानाध्यापक बालकृष्ण दाहाललाई सामग्री हस्तान्तरण गर्नुभयो।

हस्तान्तरण गरिएको सामग्रीमा साहित्यिक कृति, गोरखापत्रका प्रकाशनहरू, राइजिङ नेपाल, युवामञ्च, मधुपर्क, मुना लगायतका शैक्षिक पत्रपत्रिका समावेश थिए।

कार्यक्रममा बोल्दै महाप्रबन्धक ऐरीले विद्यालयसँगको सहकार्यले सम्बन्ध सुधार र विद्यार्थीहरूको ज्ञानवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानाध्यापक दाहालले संस्थानलाई धन्यवाद व्यक्त गर्दै पुस्तक र पत्रपत्रिकाले विद्यार्थीहरूको अध्ययनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।

कार्यक्रममा शिक्षक, विद्यार्थी, पत्रकार र स्थानीय समाजसेवीको पनि सहभागिता रहेको थियो। समाजसेवी सोवित उप्रेतीले विद्यालयले उत्कृष्ट पठनपाठन गर्दै आएकोले सहयोग गर्न सबैको भूमिका आवश्यक भएको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट