काठमाडौँ : नेताहरू बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणासभा आज काठमाडौंमा सुरु भएको छ।
भेलाको आयोजना प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गरिएको छ र यसबाट औपचारिक रूपमा पार्टी एकताको घोषणा गरिनेछ।
नेपाल समाजवादी (नयाँ शक्ति) पार्टी, माओवादीबाट प्रगतिशील लोकतान्त्रिक अभियानमा आएर पार्टी गठन गरेका जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका सन्तोष परियारबीचको एकता यही अवसरमा सार्वजनिक हुँदैछ।
पार्टीको नेतृत्व युवालाई सुम्पिने र सामूहिक नेतृत्वको ढाँचामा अघि बढाउने तयारी नेताहरूले जनाएका छन्।