काठमाडौँ : नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले महेश बस्नेतमाथि रङ प्रहार भएकोमा दुःख व्यक्त गरेकी छिन् । आक्रमणकारी माथि कडा कारबाही गर्न पनि उनले सरकारसँग माग गरेकी छिन् । सामाजिक सञ्जालमा उनले लेखेकी छिन्– 'महाभारतमा पाण्डवले युद्ध जिते, कौरवहरूले हारे, कारण: पाण्डवहरूको अभूतपूर्व एकता हो। आज विराटनगरमा क. महेश बस्नेतमाथि आक्रमण प्रयास भएछ। यो खबर सुनेर अत्यन्तै दुःख लाग्यो। '
आपराधिक मानसिकताका भएका एकाध व्यक्तिले जहिले पनि आक्रमण गर्न सक्ने भन्दै उनले सचेत भएर एउटै मिसनमा लाग्न उनले आग्रह गरेकी छिन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij