काठमाडौँ : विश्व बाल दिवसको अवसरमा गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका बालबालिकालाई समर्पित विशेष कार्यक्रम ‘किड्स प्ले–डेट’ धुम्बाराहीस्थित ऊप्स नेपाल फनपार्कमा आयोजना गरेको छ।
कार्यक्रममा सहभागी बालबालिकाले विभिन्न मनोरञ्जनात्मक, सृजनात्मक तथा बौद्धिक खेल खेल्दै रमाइलो समय बिताए।
गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका बालबालिकालाई कक्षा १२ सम्म पूर्ण शैक्षिक वृत्ति प्रदान गर्ने योजनाअन्तर्गत हालसम्म २७ जनासँग समझदारी गरिसकेको ग्रुपले जनाएको छ।
कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याण र कर्पोरेट अफेयर्स प्रमुख ज्योति गैह्रेले बालअधिकारको सम्मान, सुरक्षा र उनीहरूको उज्ज्वल भविष्यमा लगानी गर्नु नै राष्ट्र समृद्धिको मूल आधार भएको बताएका छन्।