Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्‌भागवत महापुराण सप्ताह महायज्ञ सुरु

राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्‌भागवत महापुराण सप्ताह महायज्ञ सुरु

काठमाडौँ : राष्ट्र शान्तिको पावन उद्देश्यसहित पशुपतिनाथमा रहेको शङ्कराचार्य मठमा श्रीमद्‌भागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएकाे छ । महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमनानन्द गिरीको सत्सङ्कल्पमा उक्त श्रीमद्‌भागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएकाे छ ।

महेश संस्कृत गुरुकुलम देवघाटको आयोजनामा गरिएको उक्त महायज्ञ यही मङ्सिर १४ गतेसम्म सञ्चालन हुने गुरुकुलका अध्यक्ष रमणानन्द गिरीले जानकारी दिए । पशुपतिनाथले आफ्नो रुद्रस्वरूप ग्रहण नगरी शिवभाव/शान्तस्वरूप धारण गरुन् र राज्यमा शान्ति कायम होस् भन्ने सङ्कल्पका साथ राधाकृष्णमय ब्रह्मतत्त्व (अभेदेन पशुपतितत्त्व)को उपासना गर्न सप्ताहव्यापी भागवत महायज्ञको आयोजना गरियो, अध्यक्ष गिरीले जानकारी दिए ।

भागवत महायज्ञको पूर्वसन्ध्यामा शङ्कराचार्य मठ पशुपतिमा पशुपतितत्त्व विमर्श तथा विद्वत्सभा आयोजनासमेत गरियो । उक्त सभामा विद्वद्गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक शिक्षाध्यक्ष न्यायतन्त्रादीशास्त्रका विशिष्ट प्राध्यापक विद्यानाथ उपाध्याय, न्याय तथा वेदान्तदर्शनका प्राडा दीर्घराज घिमिरे, वेदान्तदर्शन तथा धर्मशास्त्र पुराणादिका व्याख्याता प्राध्यापक भवानीप्रसाद खतिवडा, गुरुकुल प्रवर्द्धन समाजका अध्यक्ष तथा भागवतका प्रवक्ता आचार्य कपिलदेव सुवेदी, नेपाली भाषा साहित्यका समालोचक तथा संस्कृतका विद्वान् प्राडा ध्रुवप्रसाद भट्टराईलगायतका दर्जनौँ विद्वान व्यक्तित्वको सहभागिता तथा सयौँ अध्यात्मप्रेमी तथा सत्सङ्गानुरागीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट