काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालसँग निवर्तमान सांसद रामहरि खतिवडाले आइतबार महत्वपूर्ण भेटवार्ता गरेका छन्। हालै मन्त्रिपरिषद्ले चम्पादेवी–०६, ओखलढुङ्गा घोराखरीसहित देशभर २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको विषयलाई तत्काल कार्यान्वयन गराउन आग्रह गर्दै उनी गृहमन्त्री अर्याल तथा गृहसचिव रामेश्वर दंगालसँग भेटिएका हुन्।
भेटमा सांसद खतिवडाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णय गरिसकेको हुँदा देशभर शान्ति–सुरक्षाको वातावरण मजबुत गर्न सरकारको ध्यानाकर्षण गराए। उनले आगामी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न होस् भन्नका लागि आवश्यक पूर्वाधार, व्यवस्थापन तथा सुरक्षा तयारी तत्काल अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

खतिवडाले हाल केही अराजक समूहहरूले घर–घरमा गएर धम्की दिने, त्रास फैलाउने तथा अवाञ्छित गतिविधि बढाएको विषयमा गम्भीर चिन्ता व्यक्त गरे। यस्ता घटनाले नागरिकको मनोबल कमजोर पार्ने र निर्वाचन प्रक्रियामा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै उनले गृह प्रशासनलाई कडाइका साथ प्रभावकारी कदम चाल्न आग्रह गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij