काठमाडौँ : एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी समूहका युवाहरूले रातो रङ छ्यापेका छन्। बस्नेत आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाँदै थिए।
बस्नेतका अनुसार, सुनसरीमा उनी यात्रा गर्दै गर्दा दुई युवाले गाडी रोकेर बेलुनमा रङ भरेर छ्यापेका थिए।
जेनजी अगुवा भावना राउतका अनुसार, विराटनगरमा बस्नेतको गाडीमा १७ वर्षका एक युवाले रातो रङ फ्याकेका थिए। राउतले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “युवाको बुझाइ स्पष्ट छ — सहिदलाई ‘आतंककारी’ मान्ने को हातमा नै रगत छ। राज्यले यस्तो भड्किलो अभिव्यक्ति रोक्न सकेन, न्याय दिन सकेन, जिम्मेवारी लिन सकेन भने यही आजको आक्रोशको मूल कारण बन्नेछ।”
उनी थप्छिन् कि सरकारले गर्ने काम नगरेको कारण सडकमा नागरिक आक्रोश देखिनु सामान्य हो र नागरिक सरकारको समयमा यस्तो अवस्था नआउने उनको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij