Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

बाबुराम भट्टराई नेतृत्वका तीन समूह बीच आज औपचारिक एकता घोषणा

बाबुराम भट्टराई नेतृत्वका तीन समूह बीच आज औपचारिक एकता घोषणा

काठमाडौं  :  बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान तथा सन्तोष परियार समूह आज पार्टी एकता गर्न लागेको छन्।

नेसपा (नयाँ शक्ति) का प्रचार विभाग प्रमुख रेखी गुरुङका अनुसार राष्ट्रिय सभागृह, काठमाडौंमा हुने वृहत् एकता घोषणासभाको तयारी पूरा भइसकेको छ। तीन मुख्य घटकसँगै अन्य समूहलाई समेत कार्यक्रममा सहभागी गराइनेछ।

यसअघि कात्तिक २८ गते तीन पक्षबीच एकता सहमतिमा हस्ताक्षर भएको थियो। घोषणासभामा नयाँ र वैकल्पिक राजनीतिक शक्ति तथा समूहलाई मात्र आमन्त्रित गरिएको बताइएको छ।

उता, नयाँ शक्तिले विवेकशील साझा पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल तथा जेनजीका विभिन्न समूहसँग पनि सम्भावित एकताका लागि छलफल जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट