झापा : माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, रामचन्द्रे खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा ताजपुरियालाई विद्युत् प्रवाह लाग्दा उनी घटनास्थलमै घाइते भएका थिए र अस्पताल पुर्याउने क्रममा मृत्यु भएको हो। घटना गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा भएको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij