Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

"नेपाली चलचित्रका महानायक राजेश हमाल दाङमा: साहित्य उत्सवमा विशेष स्वागत र पुस्तक विमर्श"

"नेपाली चलचित्रका महानायक राजेश हमाल दाङमा: साहित्य उत्सवमा विशेष स्वागत र पुस्तक विमर्श"

दाङ  :  पाली चलचित्रका सुप्रसिद्ध अभिनेता राजेश हमाल शनिबार दाङ आइपुग्नुभएको छ। उहाँ घोराहीमा आयोजित साहित्य उत्सवमा प्रमुख आकर्षणका रूपमा सहभागी हुनुभएको हो।

उक्त अवनेसरमा हमालको जीवन र कलाजगतमा पुर्‍याएका योगदानमाथि आधारित पुस्तक ‘युगदेखि युगसम्म’ को विशेष विमर्श कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा हमालले आफ्नो संघर्ष, जीवनयात्रा र सिर्जनात्मक अनुभवहरूबारे विचार व्यक्त गर्नुभएको थियो।

अध्ययन मञ्च दाङका संयोजक सूर्य बीसीका अनुसार, सो कार्यक्रमले नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्य राखेको छ।

उक्त अवसरमा हमाललाई घोराहीस्थित कबिला रिसोर्टमा विशेष स्वागत गरिएको थियो। थारू समुदायका परिकार र स्थानीय खानपानसहितको आतिथ्य प्रदान गर्दै रिसोर्टका प्रबन्धक निर्देशक विकास चौधरीले उहाँलाई सम्मानपूर्वक सत्कार गरेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट