काठमाडौँ : नेपाली कांग्रेसले आउँदै गरेको दुई निर्वाचनमा सहभागी हुन दल दर्ता गर्ने निर्णय गरेको छ। शनिबारको केन्द्रीय कार्यसमिति बैठकले माघ ११ मा राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउने निर्णय गरेको हो।
बैठकले दल दर्ताका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेललाई जिम्मेवारी दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij