काठमाडौँ : खानेपानी मन्त्रालयअन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले वेल्ट हङ्गर हिल्फे (डब्लु एचएच) को सहयोगमा खानेपानी र सरसफाइ क्षेत्रमा अध्ययन तथा अनुसन्धान प्रवर्द्धनका लागि पहिलोपटक छलफल आयोजना गरेको छ।
छलफलमा संयुक्त राष्ट्रसंघीय निकाय, विकास साझेदार, शैक्षिक संस्था, नागरिक सङ्गठन र विज्ञहरूले सहभागिता जनाएका थिए। केन्द्रका कार्यकारी निर्देशक ई. रामकुमार श्रेष्ठले छलफलको उद्देश्य अनुसन्धान क्षमता वृद्धि र सम्भावित सहकार्य पहिचान गर्नु रहेको बताए।
प्रतिनिधिहरूले वर्तमान अनुसन्धान कार्यलाई विकास साझेदारहरूसँग सहकार्यमा अझ वृहत बनाउन सकिने बताएका छन्। छलफलमा उठेका विषयहरू दस्तावेज तयार गरी साझा गर्ने र दोस्रो चरणमा कार्ययोजना निर्माण गर्ने तयारी गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij