दमक : हिउँद सुरु भएसँगै विदेशी चराका बथान झापाको मेचीनगरमा देखा परेका छन्। उत्तरी युरोपबाट हजारौँ किलोमिटर यात्रा गर्दै आएका सुन्दर पक्षी हुटिट्याउँका ११६ वटा बथान मेचीनगर वडा नं. ४ मा भेटिएका छन्।
फोटोग्राफर देबेन्द्र खरेलका अनुसार, यस प्रजाति समूहगत रूपमा बसोबास गर्ने र अनौठो रङ्ग संयोजनका कारण विश्वकै मनमोहक प्रवासी चरामध्ये एक हो। उनले भने, “यसपटक ठूलो संख्यामा आएको बथान खोज तथा अनुसन्धानका लागि महत्वपूर्ण छ।”
अनुसन्धानकर्ताहरूको अनुमान छ कि यी चराहरू जाडोमा सुरक्षित स्थल खोज्दै नेपाल आएका हुन्। फोटोग्राफर शंकर लुइटेलका अनुसार, मेचीनगर प्रवासी चराहरूको खोज र अनुसन्धानका लागि महत्वपूर्ण स्थल बन्न थालेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij