Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बारपाक–लाप्राक सडक अलपत्र, ठेकदारको ढिलाइले स्थानीय समस्यामा

बारपाक–लाप्राक सडक अलपत्र, ठेकदारको ढिलाइले स्थानीय समस्यामा

सुलीकोट  :  गोरखाको पर्यटकीय क्षेत्र बारपाक–लाप्राक सडक निर्माण ठेकदारको ढिलाइका कारण अलपत्र छ। २०७७ जेठ ३० मा सम्झौता भई २०७९ जेठसम्म सम्पन्न गर्ने भनिएको सडक अझै अधूरो छ।

धार्चे गाउँपालिका–४ का वडा अध्यक्ष किसान गुरुङका अनुसार, सवारी आवागमन र सामग्री ढुवानी प्रभावित भएको छ। ठेकदारले मौसम र भौगोलिक कारण देखाउँदै काम ढिला गरेको दाबी गरेका छन्। निर्माण कम्पनी राजु कोइरालाले बाँकी ३० प्रतिशत काम आगामी जेठसम्म सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

पूर्वाधार कार्यालय गोरखाले सडक निर्माणमा ३४ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको र आवश्यक निर्देशन जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट