Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात

पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक हिमपात भएको छ । शुक्रबार रातिदेखि हिमपात सुरु भएको हो । शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो । हल्का हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । चिसो बढेसँगै पाथीभरा क्षेत्र विकास समितिले समेत जाडोबाट बच्न तथा सतर्कता अपनाउन तीर्थयात्रीलाई अनुरोध गरेको छ ।

हिमपातका कारण सामान्य प्रभाव परेको बताइएको छ । हिमपातका कारण तीर्थयात्रीको आवतजावतमा सामान्य प्रभाव परेको बताइएको छ । रातभर हिउँ परेपछि बिहान पुगेका तीर्थयात्रीले पाथीभराको दर्शनसँगै हिउँ खेल्ने मौकासमेत पाएका छन् । मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट