Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

कहिले सकिन्छ खासा पुनर्निर्माण?

कहिले सकिन्छ खासा पुनर्निर्माण?

सिन्धुपाल्चोक : नेपाल–चीन सीमामा अवस्थित तातोपानी–खासा नाका वर्षौंदेखि देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित छ । भूकम्पअगाडि व्यापार, पर्यटन र आवागमन सहज रूपमा चल्थ्यो । तर, २०७२ को भूकम्प र पछिल्लो कोरोना महामारीपछि व्यापार क्रमशः सामान्यतर्फ फर्किए पनि निर्यात र मानिसको आवतजावत अझै लगभग ठप्प छ । हाल सीमा छुट्याउने मितेरी पुल नजिकै रहेका करिब दुई दर्जन साना पसलमा पुगेपछि मात्रै सीमावासीले घरायसी सामग्री किन्न पाउँछन् ।

सिन्धुपाल्चोकका स्थानीयलाई घरायसी खरिद प्रयोजनका लागि मात्र चिनियाँ क्षेत्रमा छिर्न अनुमति छ । भूकम्पपछि खासा बजारले पनि ठूलो क्षति व्यहोरेको थियो । तिब्बतको न्यालम जिल्लाअन्तर्गत पर्ने पूर्व–खासा (जाङ्मु पोर्ट) अहिले मिनी सहरको मोडेलमा पुनर्निर्माण हुँदैछ ।

निजी तथा सरकारी भवन भत्काउनेदेखि सडक विस्तारसम्मका काम तीव्र गतिमा अगाडि बढिरहेका छन् । भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाका अनुसार नयाँ जाङ्मु सहरमा सडक तीन मिटरले फराकिलो पार्ने, निजी तथा सरकारी संरचनाहरू छुट्टाछुट्टै स्थानमा निर्माण गर्ने र मालबाहक कन्टेनर तथा भ्यानलाई मुख्य सहरमा प्रवेश नदिन रणनीति बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट