Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जेनजी आन्दोलनकारी, शहीद परिवार र घाइतेसँग प्रधानमन्त्रीको छलफल

जेनजी आन्दोलनकारी, शहीद परिवार र घाइतेसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ :  प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेनजी आन्दोलनकारी, शहीद परिवार र घाइतेका तीन वटा समूहसँग छलफल गरेकी छन् ।सिंहदरबारमा भएको छलफलका क्रममा तीन वटै समूहले तत्काल सरकार र आन्दोलनकारीबिच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरू सलबलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय जोडतोडले उठाए ।

प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताइन् । जेनजी आन्दोलनका घाइते तथा शहीदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्क रहन पनि उनले बताइन् ।

कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गरिदिन उनले आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उनीहरूलाई सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट