Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पोखरा–जामुने सडक विस्तार: ३७ किलोमिटर कालोपत्र पूरा, आवागमन सहज

पोखरा–जामुने सडक विस्तार: ३७ किलोमिटर कालोपत्र पूरा, आवागमन सहज

तनहुँ  :  मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पोखरा–जामुने (पश्चिम) खण्डमा कालोपत्रे कार्य तीव्र गतिमा सम्पन्न भई यात्रु, व्यापारी र एम्बुलेन्सको आवागमन सहज र सुरक्षित भएको छ।

३८ किलोमिटर लामो यस खण्डमा ३७ किलोमिटर कालोपत्रे एकतर्फी सम्पन्न भइसकेको छ। शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितका अनुसार “धेरै भागमा कालोपत्र पूरा भइसकेकोले यात्रा सहज भएको छ।”

इञ्जिनियर सहनशीला कायस्थका अनुसार समग्र भौतिक प्रगति ५९.८९ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको छ। हालसम्म २९.६१ किलोमिटर चार लेन र ७.७९ किलोमिटर दुई लेन कालोपत्रे कार्य सम्पन्न भइसकेको छ। यसमा १८.८ किलोमिटर दुई लेन सडकमा दोस्रो तह (अल्फाट) कालोपत्र, ३.०४ किलोमिटर सर्भिस लेनको कालोपत्र र चालु आर्थिक वर्षमा १४ किलोमिटर कालोपत्र सम्पन्न भएको छ।

त्यसैगरी, २ वटा कल्भर्ट निर्माण भइसकेको छ भने कुल १०५ कल्भर्ट पूरा भइसकेका छन्। पश्चिम खण्डमा लक्ष्यबमोजिम १२ मध्ये ११ पुल निर्माण सम्पन्न भएका छन्। पोखराको सेती नदीमा निर्माणाधीन पुलमा ५१.६१ प्रतिशत भौतिक प्रगति भएको छ, जसमा आवश्यक ४ वटा पाइलक्याप र १२० पाइल निर्माण भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट