काठमाडौँ : अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि देखिएको छ। बिहीबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेर दुई लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँ घटेर तीन हजार १०० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औँस ४,६२ अमेरिकी डलरमा कारोबार भइरहेको समाचार सञ्चार माध्यमहरूले जनाएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij