चितवन : भरतपुर महानगरपालिकाले लायन्स चोकमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय व्यावसायिक भवन, भरतपुर मेट्रो प्लाजा, निर्माणका लागि पुनः प्रस्ताव आह्वान गरेको छ। उक्त भवनको लागत ८० करोडदेखि एक अर्ब रुपैयाँसम्म अनुमान गरिएको छ। भवन निर्माण सार्वजनिक–निजी साझेदारी (PPP) अवधारणामा हुनेछ, महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी एकाइले जनाएको छ।
स्मरणयोग्य छ, मेट्रो प्लाजाको शिलान्यास भएको दुई वर्ष वितिसक्दा समेत निर्माण कार्य अगाडि बढ्न सकेको थिएन, जसका कारण अघिल्लो ठेक्का रद्ध गरिएको थियो। महानगरले आगामी माघ २ गतेभित्र प्राविधिक तथा वित्तीय सम्भाव्यता प्रतिवेदनसहितको प्रस्ताव पेश गर्न निजी क्षेत्रलाई आह्वान गरेको छ। प्रस्ताव पेश गर्दा जमानतस्वरूप २५ लाख रुपैयाँ महानगरको राजस्व खातामा जम्मा गर्नुपर्नेछ।
महानगरको योजना अनुसार यस बहुउद्देश्यीय भवनले व्यावसायिक, सामाजिक र सांस्कृतिक गतिविधिका लागि स्थानीय विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij