रत्ननगर : रत्ननगर नगरपालिका वडा नं–५, मगर टोलस्थित भित्री सडकखण्डमा जङ्गल सफारी गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पर्यटकलाई जङ्गल सफारीका लागि जाँदै गरेको ना४च ९५७७ नम्बरको सफारी गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा भरतपुर–११ बस्ने १८ वर्षीय प्रशान्त अधिकारी, ४० वर्षीया मान्ता अधिकारी, १८ वर्षीय सुमित बराल, १९ वर्षीय प्रवेश अधिकारी, काठमाडौँ–१० बस्ने ३५ वर्षीय महेन्द्र थिङ, ३२ वर्षीया रेनु गुरूङ, खैरहनी–१३ बस्ने ३० वर्षीय उज्ज्वल कार्की, इजरायल नागरिक २३ वर्षीया स्पीग्लर रोमी, २२ वर्षीया अख्यन्जी रक्हेल गार्डेन, २४ वर्षीय एलोन टमोर र २२ वर्षीया वेन ओचान गेया घाइते भएका हुन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचारपश्चात् डिस्चार्च भएका छन् । सफारी गाडीसहित चालक रत्ननगर–७ बस्ने २३ वर्षीय दीपक पौडेल प्रहरी चौकी बछौलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij