Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

निर्वाचनका लागि चारवटै सुरक्षा निकाय एकीकृत रूपमा परिचालन गर्न आयोगको सुझाव

निर्वाचनका लागि चारवटै सुरक्षा निकाय एकीकृत रूपमा परिचालन गर्न आयोगको सुझाव

काठमाडौँ :  निर्वाचन आयोगले आगामी निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन नेपाली सेनासहित चारवटै सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गर्न सरकारलाई सुझाव दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले सरकारलाई पत्राचार गर्दै “चुनावकेन्द्रित एकीकृत सुरक्षा योजना” अन्तर्गत सबै सुरक्षा निकायहरूलाई समन्वयात्मक रूपमा परिचालन गर्न आग्रह गरेको हो।

भट्टराईले भन्नुभयो, “चुनावमा एकीकृत सुरक्षा योजना विगतकै अभ्यास हो। एउटै योजनामा सबै निकाय परिचालित हुनेछन्, र यसको कार्यान्वयनबारे अन्तिम निर्णय नेपाल सरकारले गर्नेछ।”

आयोगको उच्चस्तरीय सुरक्षा समितिले कात्तिक १४ गतेको बैठकमा नेपाली सेनासहितको सुरक्षा योजना ढिलाइ नगरि लागू गर्न सिफारिस गरेको थियो। सो सिफारिसअनुसार आयोग पदाधिकारीको कात्तिक १८ गतेको बैठकले सरकारलाई औपचारिक रूपमा सुझाव पठाएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij