Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रास्वपाको विस्तारित बैठक आजदेखि सौराहामा, ५ सयभन्दा बढी प्रतिनिधि सहभागी

रास्वपाको विस्तारित बैठक आजदेखि सौराहामा, ५ सयभन्दा बढी प्रतिनिधि सहभागी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि चितवनको सौराहामा सुरु हुँदैछ । बैठकले पार्टीको आगामी रणनीति र योजना तय गर्ने तयारी गरेको छ।

रास्वपाका सचिवालय सदस्य हरि ढकालका अनुसार बैठकमा देशभरबाट केन्द्र, प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि गरी ५ सयभन्दा बढी सहभागी हुनेछन्।

बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन र उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची रहेको उनले जानकारी दिए।

ढकालका अनुसार बैठकमा प्रदेश सभापतिहरूले आ–आफ्नो प्रदेशभित्रका जिल्लागत पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम समेत रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij