Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सरकारले दुर्गा प्रसाईँसँग वार्ता गर्ने

सरकारले दुर्गा प्रसाईँसँग वार्ता गर्ने

काठमाडौँ :  सरकारले राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँसँग वार्ता गर्ने भएको छ ।मेडिकल व्यवसायी समेत रहेका प्रसाईँसँग आगामी कात्तिक २६ गते सरकारको वार्ता गर्ने भएको हो ।

प्रसाईँले ज्ञापनपत्र बुझाउने लगायत आवश्यक परामर्श गर्नुपर्ने भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई पत्र लेखेका थिए । त्यही पत्रलाई टेक्दै प्रसाईँलाई सरकारले समय उपलब्ध गराएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले रातोपाटीलाई बताए ।प्रसाईँले ७ मंसिरबाट देशभर आन्दोलन गर्ने बताउँदै आएका छन् । यसअघि गत १५ चैतमा पनि प्रसाईँको नेतृत्वमा तीनकुनेमा आन्दोलन भएको थियो ।तर उक्त आन्दोलन हिंसात्मक बनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij