काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नवगठित दल नेकपा एक नम्बरको पार्टी बन्ने दाबी गरेका छन् । आज (बुधबार) भृकुटीमण्डपमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत यो दल पहिलो (एक नम्बर) को हुने दाबी गरेका हुन् ।
सम्बोधनको क्रममा उनले भने,‘नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बर पार्टी बनाउन कसैले रोक्न सक्दैन । प्रतिक्रियावादीलाई निद्रा नलागेको होला । नलागे नलागोस् । तर यसो भनेर अहङ्कारमा जानु हुँदैन । सबैलाई मिलाएर जानुपर्छ ।’ दाहालअघि बोलेका वामदेव गौतमले पनि नेकपाको पार्टी सदस्य ६ महिनाभित्रै २० लाख पुग्ने दाबी गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij