Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल

नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल

काठमाडौं : नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल चयन भएका छन्। बुधवार काठमाडौंमा आयोजना गरेको सो पार्टीको एकता राष्ट्रिय सम्मेलनले सो प्रस्ताव पारित गरेको हो। दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष थिए। त्यसैगरी सम्मेलनले सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरेको छ।

अध्यक्ष दाहाललाई संयोजक र नेपालाई सहसंयोजक चयन गर्न नेता महिन्द्रराय यादवले सम्मेलनमा प्रस्ताव गरेका थिए। सो प्रस्ताव पारित भएको हो। सम्मेलनले पार्टीको आन्तरिक विधान र घोषणा पत्र पनि पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij