Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

संविधान बचाउन संसद् पुनर्स्थापना गर्नुपर्छ : एमाले उपाध्यक्ष विष्णु पौडेल

संविधान बचाउन संसद् पुनर्स्थापना गर्नुपर्छ : एमाले उपाध्यक्ष विष्णु पौडेल

बुटवल : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद् पुनर्स्थापना गरी संविधान संशोधन मार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका हुन् ।

जेनजी युवा पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद् पुनर्स्थापना हुनुपर्ने उनको भनाइ छ ।

उनले भाद्र २३ गते जेनजी युवा पुस्ताको हत्याको घटनाको छानबिन गरी कारबाही हुनुपर्ने र भदौ २४ गते भएको आगजनी र विध्वंसको पनि छानबिन गरी कारबाही हुनुपर्ने धारणा राखे । पौडेलले आगामी एमालेको महाधिवेशनले सर्वसम्मत रूपमा पार्टी नेतृत्व चयन गर्ने दाबी पनि गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij