Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

घनश्याम भुसालको चेतावनी: बिग्रिएको पार्टीले राष्ट्र बनाउँदैन !!

घनश्याम भुसालको चेतावनी: बिग्रिएको पार्टीले राष्ट्र बनाउँदैन !!

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले लोकतन्त्रमा राजनीतिक पार्टीहरू बिग्रिए राष्ट्र बन्न नसक्ने बताएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै महासचिव भुसालले पार्टीहरूले राम्रो काम नगर्दाको परिणाम पछिल्लो जेनजी आन्दोलन भएको भन्दै उक्त आन्दोलनका कारण पार्टी र नेताहरूले घुँडा टेकेको र संविधान थिलथिलो भएको बताएका हुन् ।

उनले पुराना पार्टीका नेताहरू जसरी पनि पार्टीमा बहुमत सिद्ध गरिरहने र रहिरहने ध्याउन्नमा रहेको भन्दै त्यसैका कारण पार्टीहरू बिग्रर्दै गएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वा प्रचण्डहरू राज्य दोहनमा लागेकाले नै समस्या देखिएको भुसालको भनाइ छ । यद्यपि उनले लोकतन्त्रमा राजनीति दलको विकल्प हुन नसक्ने बताए ।

‘तर आज पार्टीहरू विभाजित छन्, किनभने नेताका स्वार्थका लागि विभाजित छन्’, उनले भने, ‘नेताहरूले बनाएको बिर्ता भत्किन नदिन पार्टीहरू विभाजित नै बनाउन चाहन्छन् ।’

अध्यक्ष माधवकुमार नेपालले अहिले एकीकृत समाजवादीलाई नेकपा माओवादीमा लगेर मिसाउन खोज्नुमा पनि स्वार्थबाहेक केही नरहेको भुसालको आरोप छ । ‘ओरालो लाग्दै गरेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्यले निकास दिँदैन यो गलत छ’, भुसालले भने– ‘निशन्देह नेकपा एमाले वाम आन्दोलनका लागि कसैको विकल्प होइन ।’

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित नौ दलबिच पार्टी एकता हुँदैछ तर एकीकृत समाजवादीका भुसालसहितको समूह उक्त एकतामा नजाने निर्णयमा पुगेको छ । एकीकृत समाजवादीकै रामकुमारी झाँक्री र किसान श्रेष्ठको समूह भने एमालेमा प्रवेश गर्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij