काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिस्ट दलहरूको संयुक्त सम्मेलन बुधबार औपचारिक रूपमा सुरु गरिएको हो।
सम्मेलनको उद्घाटन शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोट थिचेर गरेका हुन्।
नेता वर्षमान पुनका अनुसार सम्मेलनमा शीर्ष नेताहरूले पार्टी एकता र आगामी राजनीतिक दिशा–निर्देशनबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यस सम्मेलनमार्फत नयाँ एकीकृत दलको विधान, केन्द्रीय कमिटी संरचना तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णयहरू पारित गरिनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij