Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

आउँदाे वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्न कांग्रेस संस्थापन पक्षकाे प्रस्ताव

आउँदाे वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्न कांग्रेस संस्थापन पक्षकाे प्रस्ताव

काठमार्डाैँ : नेपाली कांग्रेसको संस्थापन पक्षले आउँदो वैशाख २७ देखि ३० गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ ।पार्टीको चलिरहेको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले कार्यतालिकासहित आउँदो वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएको हो ।

यस्तै महामन्त्री गगन थापाले आउँदो पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन प्रस्ताव गर्नुभएको छ । आज बैठकमा महाधिवेशनको तालिका नै पेश गर्दै महामन्त्री थापाले तत्काल महाधिवेशन नै पार्टीका लागि आत्मसमीक्षा र पुनर्जन्मको अवसर हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट