Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

माओवादीसहित ९ दलको एकतापछि नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’

माओवादीसहित ९ दलको एकतापछि नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’

काठमाडौँ : नेकपा माओवादी केन्द्र सहित ९ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ ।

प्रज्ञाभवन कमलादीमा जारी माओवादीको महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन् । चुनाव चिन्ह पाँचकुने तारा रहने पहिले नै आठ दलबिच सहमति भइसकेको छ ।

आइतबार माओवादी, नेकपा एकीकृत समाजवादी लगायत आठ दलबिच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम उल्लेख थिएन । भोलि भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरी एकता घोषणा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट