Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बस्दै

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बस्दै

काठमाडौँ  : नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबिच भएको सहमति अनुमोदन गरेर बैठक सकिने नेता हरिबोल जानकारी दिए ।

‘९ दलबिच भएको एकता सहमति र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । नेताहरूलाई बोल्ने समय छुट्टाइएको छैन,’ उनले भने ।

यस्तै, पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको गजुरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट