Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

१५औँ महाधिवेशन वैशाख २५ देखि २८ गतेसम्म गर्ने कांग्रेस संस्थापन पक्षको निर्णय

१५औँ महाधिवेशन वैशाख २५ देखि २८ गतेसम्म गर्ने कांग्रेस संस्थापन पक्षको निर्णय

काठमाडौँ :  नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय गरेका छन्।

सोमबार नयाँ बानेश्वरस्थित आनन्द भूमि रेस्टुरेन्टमा बसेको बैठकबाट संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको यस्तो निर्णय आएको हो। बैठकले विभिन्न सात बुँदे निर्णय गरेको छ।केन्द्रीय कार्यसम्पादन समितिमा महाधिवेशनको मितिबारे विवाद भइरहेको बेला संस्थापन पक्ष केन्द्रीय सदस्यहरूको यस्तो निर्णय आएको हो।

कार्यसम्पादन समितिमा संस्थापन इतर समूहले आगामी मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने र संस्थापनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।

दुई पक्षबिच मिलन बिन्दु नभेटिएपछि बैठक अनिर्णीत बन्दै आएको छ।जसका कारण शुक्रबार आइतबारका लागि बोलाइएका केन्द्रीय कार्यसमितिका बैठक सूचना टाँसेर स्थगित गरिएको थियो यही अवस्थामा बसेको संस्थापन पक्ष केन्द्रीय सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्यहरू वीरबहादुर बलायर सीता गुरुङ शंकर भण्डारी मिन विश्वकर्मा सहितका केन्द्रीय सदस्यहरू गुरु बराल नयनसिंह महर लगायतका नेताहरू उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट