Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन गर्नेगरी जिम्मेवारी तोकियो

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन गर्नेगरी जिम्मेवारी तोकियो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा आयोजना हुने 'सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन' कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रपति पौडेल कात्तिक२० गतेसम्म दोहामा हुने उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको अनुपस्थितिमा नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट सम्पादन हुने कार्य सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पादन गरिनेगरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले आज सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेलको भ्रमण अवधि भर उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी वहन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट