Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

चितवन : घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्विराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो । बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए । बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शवको परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij