Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

युवा तथा खेलकुद मन्त्री गुप्ताले छठको अवसरमा युवालाई राहत दिने योजना घोषणा

युवा तथा खेलकुद मन्त्री गुप्ताले छठको अवसरमा युवालाई राहत दिने योजना घोषणा

लहान : युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले युवाहरुलाई राहत दिने र उनीहरुको माग सम्बोधन गर्ने नयाँ कार्यक्रम ल्याइने बताउनुभएको छ। मन्त्री गुप्ता आफ्नो गृहगाउँ लहान–२३ गढामा छठ पर्व मनाउन आएका थिए। मंगलबार पत्रकारहरुसँगको कुराकानीमा उहाँले युवाहरुको भावनाको प्रतिनिधित्व गर्ने जिम्मेवारी पाएको उल्लेख गर्नुभयो।

मन्त्री गुप्ताले भन्नुभयो, “छठ पर्व सकिएपछि सरकारले हरेक क्षेत्रमा युवाहरुले राहत महसुस गर्ने कार्यक्रम ल्याउनेछ। युवा तथा खेलकुद मन्त्रीको हैसियतले युवाहरुको समस्या र माग सम्बोधन गर्ने संयन्त्र तयार गर्दैछौं।”

उहाँले थप भन्नुभयो कि खेलकुद त प्राथमिकता भए पनि युवाहरुको अन्य माग र आवश्यकता सम्बोधन गर्नु पनि उत्तिकै जरुरी छ। हरेक निकायमा देखिएको भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन र चुनावको वातावरण सुनिश्चित गर्न सरकारले काम गरिरहेको उहाँले बताउनुभयो।

फागुन २१ गते चुनावको तयारीबारे प्रश्न गर्दा मन्त्री गुप्ताले जवाफ दिनुभयो, “पुरानो संसदको चुनाव गराउन मात्र होइन, भ्रष्टाचार अन्त्य र कार्यकारी प्रमुखको निर्वाचन गर्न युवाहरुको दबाबलाई मध्यनजर गर्दै संविधान संशोधनमार्फत युवाहरुको माग पूरा गर्ने तयारी भइरहेको छ।”

युवा तथा खेलकुद मन्त्रालय शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडिएको हुँदा, मन्त्री गुप्ताले रोजगारी सृजना, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति अन्त्य र भ्रष्टाचारीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

आज दिनभरी मन्त्री गुप्ताले विभिन्न कार्यक्रममा सहभागी हुँदै युवाहरुको भावना बुझ्ने र अग्रजहरुको सुझाव ग्रहण गर्ने कार्यक्रम राख्नुभएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट