काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेका बेला एकअर्कामा आरोप प्रत्यारोप गर्न छाडेर सत्य र न्यायको वकालत गर्नुपर्ने बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेको पनि बताएका छन् ।
‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन् - सबैलाई कडा कारबाही गरौँ’, पोखरेलले लेखेका छन्,‘देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij