Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार, डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार, डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री पदमा नियुक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको हो। आइतबार शितल निवासमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो।

यस नियुक्तिसँगै सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ।

यद्यपि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा गणपतिलाल श्रेष्ठ र श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवारको नाम सिफारिस भए पनि विवादका कारण अन्तिम समयमा उहाँहरुको शपथ रोकिएको थियो।

यस विस्तारले सरकारले विभिन्न मन्त्रालयमा नयाँ नेतृत्वको गठन गर्दै आगामी नीतिगत काममा गति दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट