Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

गृह मन्त्रालयको आग्रह — ‘निर्वाचन नजिकिँदैछ, धर्ना र जुलुस नगर्नुहोस्’

गृह मन्त्रालयको आग्रह — ‘निर्वाचन नजिकिँदैछ, धर्ना र जुलुस नगर्नुहोस्’

काठमाडौँ : गृह मन्त्रालयले आगामी फागुन २१ गते तय गरिएको निर्वाचनको तयारीमा सरकार जुटेको भन्दै अनावश्यक धर्ना, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक भइरहेकाप्रति ध्यानाकर्षण गर्दै अशान्ति निम्त्याउने स्वार्थ समूहको घुसपैठ हुन सक्ने चेतावनी दिइएको छ। मन्त्रालयले माग र चासोलाई संवादमार्फत समाधान खोज्न सबै पक्षलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट