काठमाडौँ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कुनै पनि दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय भइनसकेको बताएको छ ।माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी िलगायत पार्टीहरूसँग एकताको चर्चा भइरहेकावेला प्रचण्डको सचिवालयले यस्तो बताएको हो ।
नेकपा ९माओवादी केन्द्र० को केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरूबिच नेपाली समाजवादी क्रान्तिका कार्यभार पुरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा साङ्गठनिक विषयहरूमा घनिभूत छलफल जारी छ,प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले भने, यद्यपि कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लागिसकेको छैन ।
विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र सङ्घर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा माओवादी केन्द्रको ठहर रहेको समेत उनले बताए ।
इतिहासको यही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुङ्गो नलागेकाले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको सचिवालयले स्पष्ट पारेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij