Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रौतहटमा करेन्ट लाग्दा पूर्व वडाध्यक्षको मृत्यु

रौतहटमा करेन्ट लाग्दा पूर्व वडाध्यक्षको मृत्यु

रौतहट : रौतहटको गौर नगरपालिका–५ मा करेन्ट लागेर पूर्व वडाध्यक्ष राम सोगारथ यादवको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार, बुधबार दिउँसो करिब ४ बजेर १५ मिनेटको समयमा यादव आफ्नै खेतमा मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते अवस्थामै उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक यादव गौर–५ का पूर्व वडाध्यक्ष रहेका थिए ।

उनको शव हाल प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट