Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रधानमन्त्री कार्कीको भनाइ: भयरहित वातावरणमा मताधिकार प्रयोग गर्ने अवस्था बनाइन्छ

प्रधानमन्त्री कार्कीको भनाइ: भयरहित वातावरणमा मताधिकार प्रयोग गर्ने अवस्था बनाइन्छ

भक्तपुर :  प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको संरक्षणका लागि नेपाली जनतालाई भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

बुधबार मध्यपुर थिमिमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले सरकार २०८२ फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउन पूर्ण तयारीमा रहेको बताउनुभयो।

उहाँले निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि सबै राजनीतिक दल र वर्ग–समूहको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भनिन्, “म सबैको साथ र समर्थनमा स्वच्छ निर्वाचन सम्पन्न हुनेमा विश्वास गर्छु।”

प्रधानमन्त्री कार्कीले नेपालमा अझै पनि गरिबी र असमानता चुनौतीका रूपमा रहेको बताउँदै साख्वाःले देखाएको मार्गमा समाजिक समृद्धि र समानताको दिशा अपनाउन सबै नागरिकलाई आह्वान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट