Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रचण्डको जोड: तोकिएको समयमा नै निर्वाचन हुनुपर्छ

प्रचण्डको जोड: तोकिएको समयमा नै निर्वाचन हुनुपर्छ

धनुषा : पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमा नै निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले आगामी निर्वाचनलाई गम्भीरतापूर्वक लिएर वातावरण बनाउनुपर्ने बताएका हुन्।

उनका अनुसार सरकारले संसदीय दलहरूसँग गरेको पछिल्लो छलफलले निर्वाचनप्रति गम्भीरता देखाए पनि ठोस तयारी अझै हुन बाँकी छ। उनले अन्तरिम सरकारले निर्वाचन घोषणा गरेपछि माओवादी केन्द्रले सबैभन्दा पहिले निर्वाचन केन्द्रित नीति लिएको स्मरण गरे। प्रचण्डले भने, “हामीले आन्दोलनपछि जनतालाई अपिल गर्दै काठमाडौं बाहिर पनि कार्यक्रम सुरु गरेका थियौं, त्यो पनि माओवादी केन्द्रले नै अगुवाइ गरेको हो।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट