Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

राष्ट्रपति दम्पतीद्वारा शीतल निवासमा गाई पूजा

राष्ट्रपति दम्पतीद्वारा शीतल निवासमा गाई पूजा

काठमाडौँ :  राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रथम महिला सविता पौडेलका साथ गाई पूजा गर्नुभएको छ। कात्तिक कृष्ण औँसीका दिन मनाइने गाईतिहारको अवसरमा राष्ट्रपति दम्पतीले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाउनुभएको हो।

हिन्दू संस्कृतिअनुसार गाईलाई देवी लक्ष्मीको प्रतीकका रूपमा मानिन्छ। धन, समृद्धि र सौभाग्यको प्रतीक मानिने गाईलाई तिहारको अवसरमा हरेक घरमा पूजा गर्ने परम्परा रहेको छ। राष्ट्रपति निवासमा पनि यही परम्पराअनुसार पूजा सम्पन्न गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट