Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रधानमन्त्री कार्कीलद्वारा राजनीतिक दलहरुसँग पहिलो संवाद सुरु

प्रधानमन्त्री कार्कीलद्वारा राजनीतिक दलहरुसँग पहिलो संवाद सुरु

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा मंगलबार ११ राजनीतिक दलका नेताहरूसँग पहिलो पटक संवाद सुरु गरेकी छन्। सचिवालयका अनुसार यो छलफल आगामी निर्वाचन तयारी र समन्वयका लागि गरिएको हो।

छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी छन्। साथै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेमकिपाका प्रतिनिधिहरू पनि छलफलमा सहभागी भएका छन्।

सरकारतर्फ प्रधानमन्त्री कार्कीसँग अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट